एजेन्सी – भारतमा एक दिनमा सर्वाधिक १६ हजार ९ सय २२ संक्रमित थपिएका छन् भने ४ सय ८८ जनाको मृत्यु भएको छ। भारतमा लगातार चौथो दिन १४ हजारभन्दा बढी संक्रमित थपिएका हुन्। 

योसँगै बिहीबार कूल संक्रमितको संख्या ४ लाख ७३ हजार १ सय ५ पुगेको छ भने १४ हजार ८ सय ९४ को मृत्यु भइसकेको छ। 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहानसम्म भारतभर १ लाख ८६ हजार ५ सय १४ संक्रमितको उपचार भइरहेको छ भने २ लाख ७१ हजार ९ सय ६९ जना निको भएका छन्।

एक अधिकारीका अनुसार हालसम्म कूल संक्रमितको ५७ दशमलब ४३ प्रतिशत बिरामी स्वस्थ भइसकेका छन्।

२४ घण्टामा मृत्यु भएका ४ सय १८ मध्ये २०८ जना महाराष्ट्र र ६४ जना दिल्लीका छन्। यसका अलावा तमिलनाडुमा ३३, गुजरातमा २५, कर्नाटकमा १४, पश्चिम बंगालमा ११, राजस्थान र हरियाणामा १०–१० जनाको मृत्यु भएको छ।