पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-२५ ०४:३३ मा प्रकाशित
Total Shares: 381
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ५ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ३१७ पुगेको छ ।
त्यस्तै संक्रमितको संख्याले ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बिहीबार नेपालमा कोरोना संक्रमितको संख्याले ५० हजार नाघेको हो ।
मन्त्रालयका अनुसार हाल १४ हजार ४४८ आइसोलेसनमा रहेका छन् । त्यस्तै, ५ हजार ८०६ जना क्वारेन्टिनमा रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस