काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०५-२१ ०४:३६ मा प्रकाशित
Total Shares: 278
काठमाडौं - उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंका २९० जना, ललितपुरका ३२ जना र भक्तपुरका ३२ जनामा कोरोना संक्रमण देखिएको हो ।
शनिबार मात्र काठमाडौँ उपत्यकामा ४०८ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।
नेपालमा पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ। १ हजार ८१४ जना संक्रमण मुक्त भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस