ओखलढुङ्गामा कोरोनाबाट पहिलो पटक मृत्यु
खबर एक्सप्रेस
२०७८-०२-१० ०२:१८ मा प्रकाशित
Total Shares: 381
काठमाडौं, ओखलढुङ्गा - कोरोना सङ्क्रमणबाट यहाँ एक महिलाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया एक महिलाको मृत्यु भएको हो । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।
यही जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचाररत महिलाको आज निधन भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए ।
जिल्लाबाट बाहिर गएर बसेकाको यसअघि पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको भए पनि जिल्लामा रहेका सङ्क्रमितको यसअघि मृत्यु भएको थिएन ।
फेसबुक पेज Like गर्नुहोस