काठमाडौं - निर्वाचन आयोगले जनता समावजवादी पार्टी (जसपा)को विवादमा दुबै पक्षलाई बोलाएको छ । 

महन्थ ठाकुर पक्षबाट ८ जना र उपेन्द्र यादव पक्षबाट ६ जनाको बहस सुनेपछि आयोगले अन्तिम फैसला सुनाउनुअघि साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई सनाखतका लागि आउन आदेश दिएको हो ।