प्रहरी प्रधान कार्यालयका थप २३ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०४-१३ ०४:०७ मा प्रकाशित
Total Shares: 447
काठमाडौं - प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २३ जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रहरीको केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीका अनुसार कार्यालयमा कार्यरत चालक, मेकानिक्स र मेसमा काम गर्ने २३ कर्मचारीमा संक्रमण देखिएको हो ।
आइतबार एक हवल्दारलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी बस्ने ब्यारेकका अन्य प्रहरीको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा थप तीन जनालाई पनि संक्रमण देखिएको थियो ।
त्यसपछि संक्रमितको सम्पर्कमा आएकोको ट्रेसिङ प्रक्रिया अगाडि बढाउँदा थप २३ जना अधिकारीमा पनि संक्रमण देखिएको हो । हाल प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस