काठमाडौं - कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ३ सय ६ सय पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ९ सय २ जना संक्रमित थपिएका छन्। १० हजार ६११ जनामा गरिएको पिसिआरमा उक्त संक्रमण देखिएको हो।

पछिल्लो पटक २ हजार २८७ जना डिस्चार्ज भएका छन्। अहिले देशमा १४ हजार ८ सय ६८ सक्रिय संक्रमित रहेका छन्। जम्मा संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ। यस्तै कोरोना संक्रमण मुक्त भएर ३२ हजार ९ सय ६४ जना घर फर्केका छन्।