काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।

बुधबार बिहान भएको भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रपतिको मनोनयनको मिति नजिकिँदै गर्दा दुई नेताहरुबीच पटक–पटक भेट भइरहेको छ। उनीहरुबीच राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयास भइरहेको छ।