उपाधि होडबाट बाहिरियो बार्सिलोना
काठमाडौं,एजेन्सी - बार्सिलोना स्पेनिस ला लिगाको उपाधि होडबाट बाहिरिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा सेल्टा डि भिगोसँग २-१ले पराजित भएसँगै बार्सिलोनाको उपाधि होड समाप्त भएको हो ।
खेलको २८औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ३८औं मिनेटमा सान्टी मिनाको गोलबाट सेल्टा खेलमा फर्किएको थियो । त्यसपछि ८३औँ मिनेटमा क्लेमेन्ट लेङ्लेटको दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । खेल सकिन एक मिनेट बाँकी छदाँ मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै सेल्टालाई २-१को जित दिलाए ।
पराजित भएसँगै बार्सिलोनाको उपाधि सम्भावना समाप्त भएको छ । एक खेल खेल्न बाँकी छँदा बासिलोना ७६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियल ८१ अंक सहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंक सहित शीर्ष स्थानमा छ । जितपछि सेल्टा ५३ अंक जोडेर आठौं स्थानमा यथावत छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस