प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, सीमा मिचेको प्रमाण माग
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 47
काठमाडौं - भारतको सीमा नेपालले मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमाथि कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्रीले आज सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको आफूले थाहा पाएको बताएका थिए ।
कांग्रेसकी सचेतक बासना थापाले प्रधानमन्त्रीले गम्भीर र आपत्तिजनक विषय उठाएको बताइन् । उनले भनिन्, ‘भारतको भूमि नेपालले मिचेको भन्नुभयो । कहाँनेर मिचियो ? हामीलाई पनि थाहा दिनुपर्यो । होइन भने, दुई देशको सिमाबारे यस्तो गम्भीर र आपत्तिजनक कुरा प्रधानमन्त्रीले कसरी बोल्नुभयो ? यदि सीमा मिचेको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस