एजेन्सी - चीनले कोरोना भाइरसको उत्पतिबारेको अनुसन्धानमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई सघाउने भएको छ । 

यद्यपि, चीनले उक्त अनुसन्धान विशुद्ध वैज्ञानिक ढंगबाट हुनुपर्ने प्रस्ट्याएको छ । चीनले राजनीतिक ढंगबाट हुने अनुसन्धानमा कुनै सहयोग नगर्ने पनि स्पष्ट पारेको छ  ।

अमेरिका लामो समयदेखि चीनले पूरै मामिलामा पारदर्शिता नअपनाएको आरोप लगाउँदै आएको छ । चीनले कोरोना भाइरसको संक्रमणलाई आप्mनै देशमा मात्रै सीमित गर्न पनि नसकेको अमेरिकाको आरोप छ । 

तर, अमेरिकाले लगाउँदै आएका आरोपलाई चीनले खण्डन गर्दै आएको छ । चीनले कोरोना भाइरसको उत्पति आप्mनो देशभन्दा बाहिर भएकोसमेत दाबी गरिरहेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका एक झुट लुकाउन अर्को झुट बोलिरहेको बताएका छन् ।