काठमाडौं - ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार गएको साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ती व्यक्तिमा कोभिड-१९ पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।