काठमाडौं,एजेन्सी - आज राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन् । टोटनहमले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । प्रशिक्षक एन्टोनियो कोन्टले जिम्मेवारी सम्हालेपछि टोटनहमले सुधारिएको खेल प्रदर्शन गरेको छ ।

लेस्टरसिटीविरुद्ध पनि सकारात्मक नतिजा निकाल्ने दाउमा टोटनहम रहेको छ । त्यस्तै चेल्सीले इभर्टनसँग आमने सामने गर्दैछ । पछिल्लो समय मुख्य खेलाडीहरु घाइते भएपछि चेल्सीलाई खेल जित्न कठिनाई भएको प्रशिक्षक थोमस टुकेलले बताएका छन् ।

त्यस्तै इभर्टनको समस्या पनि उस्तै रहेको छ । पछिल्लो ९ खेलमा चार अंक जोडेको इभर्टनले चेल्सीलाई रोक्न कठिन देखिएको समिक्षकहरु बताउँछन् । उता लिभरपुलले न्युक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

रेलिगेशनबाट बच्न संघर्षरत न्युक्यासलले लिभरपुलविरुद्ध कसरी प्रस्तुत हुने हो त्यो चासोको विषय रहेको छ ।