अल्का अस्पतालमा कार्यरत कर्मचारीको शव लेलेको जंगलमा फेला, हत्याको आशंका
खबर एक्सप्रेस
२०७७-०५-२० ०१:४९ मा प्रकाशित
Total Shares: 318
ललितपुर - ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत सरसफाई कर्मचारी मृत अवस्थामा फेला परेकी छन्।
तीन दिनदेखि हराइरहेकी ३९ वर्षीय गीता केसीको शव शुक्रबार साँझ ललितपुरको लेलेस्थित जंगलमा फेला परेको हो।
भैंसेपाटी बस्दै आएकी केसी सम्पर्कबिहीन भएपछि तिन दिनअघि परिवारले महानगरीय प्रहरी परिसर ललितपुरमा सूचना दिएका थिए । गीताको हत्या भएको आशंका गरिएको छ ।
घटनामा अनुसन्धानका लागि मृतकका भतिजा निर्मल केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
गएराति गोदावरीको मुख्य सड्कबाट २ सय मिटर भित्र शव फेला परेको थियो । शनिवार बिहान आफन्तले उनको सनाखत गरेका छन् । गीताको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस