नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०६-३० ०४:३६ मा प्रकाशित
Total Shares: 269
काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् ।
यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४४ संक्रमणमुक्त भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस