मन्त्रिपरिषद् बैठक बस्दै, पूर्वसभामुख ढुंगानाको अन्तिम संस्कारबारे निर्णय हुने
खबर एक्सप्रेस
२०८१-०८-०३ ०७:२१ मा प्रकाशित
Total Shares: 148
काठमाडौं - मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । सोमबार बिहान ९ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो ।
बैठकले पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे आवश्यक निर्णय गर्ने बताइएको छ ।
कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएको थियो ।
आइतबारै सभामुख देवराज घिमिरेले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए । ढुंगानाको आजै अन्तिम संस्कार गर्ने तय भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस