इक्वेडरमाथि कोलम्वियाकाे जित
खबर एक्सप्रेस
२०७८-०३-०३ ११:२२ मा प्रकाशित
Total Shares: 304
काठमाडौं - कोलम्वियाले कोपा अमेरिका कपमा विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा कोलम्वियाले इक्वेडरलाई १–० ले पराजित गरेको हो ।
कोलम्वियाको जितमा इडविन कार्डोनाले गरेको गोल नै निर्णायक बन्यो । ४१औं मिनेटमा मिगुइल बोर्जाको पासमा कार्डोनाले गोल गरेका थिए।
जितसँगै समूह ‘बी’ मा कोलम्वियाले ३ अंक जोडेर दोस्रो स्थानमा छ । ब्राजिलको पनिसमान ३ अंक रहँदा बढी गोलको आधारमा शीर्षस्थानमा रहेको छ । पराजित इक्वेडर तेस्रो तथा भेनेजुएला पुछारमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस