काठमाडौं - हिन्दुहरुले विगतका धेरै वर्ष अगाडिदेखि मान्दै आएको विजया दशमीको आज महासप्तमीः पछिल्लो २०७७ सालसम्म आइपुगेको छ । परम्परा अनुसार आज नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिने भएको छ ।

नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिकोे पूजा–आराधना गरिन्छ । कालरात्रिको स्वरूप भयंकरको छ । कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत जस्तै चम्किने माला लगाएकी छन् ।

तीन आँखा भएकी कालरात्रिले बारम्बार निश्वास लिने गर्छिन् भने त्यसबाट अग्निको ज्वाला उत्पन्न हुने मान्यता रहिआएको छ । चार भुजा भएकी उनले तरवार र खड्ग धारण गरिरहेकी छन् ।

स्वरूप डरलाग्दो भए पनि कालरात्रिले आफ्ना भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास भइ आएको छ ।महासप्तमीका दिन विद्याकी देवी महासरस्वतीको विशेष पूजा गरिन्छ। यस्तै भद्रकालीको आराधना पनि गरिन्छ। विभिन्न शक्तिपीठहरूमा पशु बलिसहितको पूजा पनि चल्छ।