काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री बन्नुअघि नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन् ।

बिहीबार उनले ‘जय महाकाली’ बोलको गीत आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। गीत सार्वजनिक भएको केहीबेरमै उल्लेख्य भ्युज पाउँदै सामाजिक सञ्जालमा चर्चा बटुल्न थालेको छ।

यता, रास्वपाको केन्द्रीय समितिको बैठकले बालेनलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ, जससँगै उनको प्रधानमन्त्री बन्ने बाटो औपचारिक रूपमा खुला भइसकेको छ। भोलि (शुक्रबार) दिउँसो १२ः३४ बजे उनले प्रधानमन्त्रीका रूपमा सपथ लिँदैछन्।