३ सय १३ कोरोना संक्रमित संक्रमणमुक्त
खबर एक्सप्रेस
२०७७-०५-०९ ०४:४३ मा प्रकाशित
Total Shares: 293
काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ सय १३ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यो सँगै नेपालमा १९ हजार १ सय १९ संक्रमित उपचारपछि निको भएका छन्। मुस्ताङ र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन्।
फेसबुक पेज Like गर्नुहोस