काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा ६ सयले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।