काठमाडौँ - परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। 

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा उनी शुक्रबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन्। 

प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले रास्वपाको सरकार बनेपछिको यो पहिलो उच्चस्तरीय भ्रमण भएको बताए। उनले यो भ्रमणले दुई देशबिचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।