सर्वोच्चमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान
खबर एक्सप्रेस
२०७८-१२-०२ ०८:१२ मा प्रकाशित
Total Shares: 254
काठमाडाैं - संघीय संसद्काे संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
समितिले बुधबारबार सार्वजनिक सूचना जारी गर्दै श्रेष्ठलाई सर्वाेच्चकाे न्यायाधीशमा नियुक्ति गर्न उपयुक्त छ/छैन भनेर १० चैतिभत्र उजुरी दिन भनेकाे हाे ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई न्यायापरिषद्काे गत फागुन अन्तिम साताकाे बैठकले सर्वाेच्चको न्यायाधीशमा सिफारिस गरेकाे थियाे । उजुरीपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस