भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ
खबर एक्सप्रेस
२०८१-०३-१६ ०१:०८ मा प्रकाशित
Total Shares: 142
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले फरार रहेका झालाई शुक्रबार पक्राउ गरेको हो ।
यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुन: अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
झाले बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
यही प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री बादल थापाका छोरा प्रतीक थापा पक्राउ परेका थिए । उनीहरु दुवैजना विरुद्ध आइतबार म्याद थप गर्ने प्रहरीको तयारी छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस