काठमाडौं - नेकपा एकीकृत समाजवादीले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ।

समाजवादी चैत २६ र २७ मा बसेको केन्द्रीय सचिवालयको २० औँ बैठकले अध्यक्ष नेपालको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो। 

पार्टी केन्द्रीय कमिटी, तीनोटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्ष र जनसङ्गठनका केन्द्रीय पदाधिकारी रहेको ११ सय ११ सदस्यीय रहेको कमिटी गठन गरिएको महासचिव वेदुराम भुसालले बताए। 

साथै, महासचिव भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन भएको छ। सो सचिवालयमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य छन्।