रास्वपाको सरकार बने घण्टा-घण्टामा भ्रष्टाचारविरुद्ध निगरानी गर्छ: रवि लामिछाने
कपिलवस्तु - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पार्टीले सरकार बनाएमा भ्रष्टाचार अन्तय गर्ने बताएका छन् ।
चुनावी अभियानका क्रममा कपिलवस्तु आइपुगेका लामिछाने जितपुरमा सम्बोधन गर्दै आफ्नो पार्टीले सरकार बनाएमा घण्टा घण्टामा भ्रष्टाचारविरुद्ध निगरानी गर्दै नेपाललाई भ्रष्टाचारमुक्त बनाउने बताएका हुन् ।
'तपाईंहरुका बीच कपिलवस्तुमा तीन उम्मेदवार दिएका छौं । जिताएर पठाउनु भयो भने राम्रो काम गर्नेछन् । नराम्रो काम गरे, उनीहरुलाई यहीं ल्याएर छाड्छौं । उनीहरुलाई सजाय दिनुहोला,' उनले भने ।
यसैबीच उनी बैरिया, जितपुर, बोर्डगाउँ, बनगाई, गोरुसिंगे, इमिलिया हुँदै चन्द्रौटामा कार्यकर्ता भेटघाट गर्न जाँदै छन् । त्यसपछि विजयनगर, कृष्णनगर, बहादुरगन्ज, महाराजगन्ज, तौलिहवा, पकडी र लवनीमा कार्यकर्ता भेटघाट गर्दै रुपन्देही जानेछन् ।
उनी पाल्पा, गुल्मी र अर्घाखाची हुँदै आजै कपिलवस्तु पुगेका उनले पार्टीको घण्टी अभिवादन कार्यक्रमअन्तर्गत बिहान ८ बजे पूर्व पश्चिम राजमार्गअन्तर्गत वाणगंगा नगरपालिका पिपराबाट आफ्नो अभियान सुरु गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस