राष्ट्रिय सभा निर्वाचन : कर्णाली प्रदेशमा महिला र अन्य दुवैतर्फ नेकपा विजयी
खबर एक्सप्रेस
२०७६-१०-०९ ११:०० मा प्रकाशित
Total Shares: 457
जनकपुरधाम - आज भएको राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा महिलातर्फ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सुमित्रा विसी र अन्यतर्फ नेकपाकै मायाप्रसाद शर्मा विजय भएका छन्। विसी ३६८४ मतभार र शर्मा ३६१८ मतभारसहित विजयी भएका हुन्।
विसीसँग पराजित भएकी नेपाली कांग्रेसकी उम्मेद्वार गणेश कुमारी बस्नेतले १०२६ मतभार ल्याएकी छिन्। त्यस्तै शर्मासँग पराजित भएका कांग्रेस उम्मेद्वार डिल्लीराम पाठकदले पनि १०२६ मतभार नै प्राप्त गरेका छन्।
कर्णालीमा अन्य र महिला गरी रिक्त हुन लागेका दुई सदस्य चयन गर्न निर्वाचन भएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस