इटालीको सहज जित
काठमाडौं,एजेन्सी - अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले चेक रिपब्लिकमाथि सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इटालीले चेकमाथि ४-० गोलको सहज जित निकालेको हो ।
इटालीको जितमा सिरो इम्मोबाइल, निकोलो बरेला,लोरेन्जो इन्सिग्ने र डोमेनिको बेरार्डीले समान एक-एक गोल गरे ।
खेलको २३ औं मिनेटमा इम्मोबाइलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा निकोलोको गोलबाट इटालीले अग्रता २-० को बनायो ।
खेलको ६६ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीको अग्रता तेब्बर बनाए । खेलको ७३ औं मिनेटमा बेरार्डीले गोल गर्दा इटालीले ४-० गोलको सहज जित निकालेको हो ।
युरोकप छनोटको तयारीका लागि इटाली र चेक रिपब्लिकले मैत्रीपूर्ण खेल खेलेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस