ऐश्वर्याका आमाछोरी पनि अस्पताल भर्ना
खबर एक्सप्रेस
२०७७-०४-०३ ११:२० मा प्रकाशित
Total Shares: 420
काठमाडौं - कोरोना संक्रमण भएपछि घरमै क्वारेन्टिनमा रहेका बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी पनि अन्ततः अस्पतालमा भर्ना भएका छन्।
गत आइतबार कोरोना संक्रमण पुष्टि भएका उनीहरूलाई शुक्रबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको हो, जहाँ ऐश्वर्याका पति अभिषेक र ससुरा अमिताभ यसअघिदेखि नै उपचाररत छन्। उनीहरू पनि कोरोना संक्रमित हुन्।
न्युज एजेन्सी पीटीआईले अस्पतालको स्रोत उधृत गर्दै ऐश्वर्या र उनकी छोरीलाई चिकित्सकको हेरचाह आवश्यक भएकाले अस्पतालमा भर्ना गरिएको हो। तर उनीहरूको अवस्था अहिले ठीक छ।
फेसबुक पेज Like गर्नुहोस