भारतीय नक्कली नोटसहित मोरङमा दुई पक्राउ
खबर एक्सप्रेस
२०७७-०९-११ ०५:३३ मा प्रकाशित
Total Shares: 411
काठमाडौं,मोरङ- शुक्रबार राति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट तीन हजार ४ सय र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १०० को भारतीय नक्कली नोट १४ हजार ३ सय रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।
प्रहरीले दुवै जनालाई मोरङको रङ्गेली नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको छ।
फेसबुक पेज Like गर्नुहोस