तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित
खबर एक्सप्रेस
२०७६-१०-१५ ११:०० मा प्रकाशित
Total Shares: 535
काठमाडौं - सत्तारुढ दल नेकपाले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । मंगलबार बसेको सतिवालय बैठकले तुम्बाहाङ्फेलाई सदस्यमा मनोनित गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
नेकपाको पहिलो केन्द्रीय कमिटि बैठक आजबाट सुरु हुँदै छ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन तुम्बाहाङ्फेलाई बाटो खुलेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस