हलिउड अभिनेत्री लोरीलाई दुई महिनाको जेल
काठमाडौं - हलिउड अभिनेत्री लोरी लौघलिनलाई दुई महिनाको जेल सजाय भएको छ । अभिनेत्री लोरीले आफ्नी छोरीहरुको कलेज भर्नाको प्रवेश परिक्षामा रकम दिएर प्रभाव पार्ने प्रयास गरेको प्रमाणित भएपछि यस्तो सजाय भएको हो ।
अभिनेत्री लोरीलाई २ महिनाको जेल सजायका अतिरिक्त सय घण्टाको कम्युनिटी सेवा गर्नुपर्ने समेत सजाय सुनाइएको छ । साथै उनलाई डेढ लाख डलर जरिवाना समेत सुनाइएको छ । मसाचुसेट्सको जिल्ला अदालतले सजाय तोकेपछि उनले आफ्नो छोरीको लागि राम्रो गर्ने प्रयास गर्दा गल्ति भएको बताएकी छन् । अदालतले गरेको भर्चुअल सुनुवाईमा अभिनेत्री लोरी रुदै आफुले गल्ति गरेको स्वीकार गरेकी थिइन् । उनले आफुले पैसा दिएर आफ्नी छोरीको क्षमतालाई कम आकेको बताएकी छन् ।
त्यस्तै उनका पति गियानुलीलाई अदालतले ५ महिनाको जेल सजाय र साढे २ लाख डलर जरिवानाको सजाय सुनाएको छ । साथै उनलाई २५० घण्टाको कम्युनिटी सेवाको समेत सजाय सुनाएको छ । उनीहरुलाई नोभेम्बर १९ सम्म अमेरिकाको जेल ब्युरोमा आत्मसमर्पण गर्ने समय दिइएको छ ।
अभिनेत्री लोरी र उनका श्रीमानसहित ५० भन्दा बढी हाइप्रोफाइल सेलिब्रेटी युनिभर्सिटी अफ साउथर्न क्यालिफोर्नियामा भर्ना प्रक्रियामा पैसा दिन दिएको आरोपमा आरोपी बनाइएको थियो ।
उनीहरुले आफ्ना छोरीलाई कलेज भर्नाको ग्यारेन्टीका लागि एक फाउन्डेसनबाट कलेजलाई ५ लाख डलरको डोनेसन दिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस