बेलायतमा कोरोनाबाट १ लाख बढी संक्रमित
खबर एक्सप्रेस
२०७७-०१-०५ ०६:४३ मा प्रकाशित
Total Shares: 421
एजेन्सी - युरोपेली देश बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ ।
त्यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय नयाँ संक्रमित फेला परेसँगै संक्रमितको संख्या १ लाख ३ हजार बढी भएको हो ।
बेलायतमा कोरोनाबाट बितेको २४ घण्टामा ८ सय ६१ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट बेलायतमा १३ हजार ७ सय २९ जनाको मृत्यु भइसकेको छ । बेलायत कोरोनाबाट सबैभन्दा प्रभावित मुलुकमध्ये एक हो ।
फेसबुक पेज Like गर्नुहोस