फेसबुकले हटायो डोनाल्ड ट्रम्पको स्टाटस
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा पोष्ट गरेको स्टाटस फेसबुकले हटाएको छ ।
कोरोना भाइरसका सम्बन्धमा ट्रम्पले आफ्नो पेजमा पोस्ट गरेको सामग्री गलत भन्दैे फेसबुकले हटाएको हो । ट्रम्पले बुधबार फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गरेका थिए ।
उनले अन्तर्वार्ताकै क्रममा बालबालिकामा कोरोना भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको दाबी गर्नुभएको थियो । ट्रम्पको पोस्टले कोभिडबारे गलत सूचना प्रदान गरेकाले हटाइएको फेसबुकले उल्लेख गरेको छ ।
फेसबुकका प्रवक्ताले कोरोना भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक क्षमता युक्त दाबी गतल र हानिकारक भएकाले हटाएको जनाएका छन् । ट्रम्पको अभिव्यक्ति स्वास्थ्य विज्ञको भनाई र प्रमाणित तथ्य भन्दा विपरित रहेको फेसबुको दाबी छ ।
बालबालिकामा कोरोना भाइरसको संक्रमण हुने र उनीहरुबाट अरुमा सक्ने जोखिम उस्तै रहन्छ । उनीहरुमा तुलनात्मक रुपमा संक्रमणका कारण गम्भीर बिरामी पर्ने जोखिम भने कम हुने देखिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस