काठमाडौं - जुम्लामा नेकपा एमालेलाई नमिठो झट्का लागेको छ । जुम्लाका ५८ पदाधिकारी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । जुम्लामा एमालेका ६१ जना जिल्ला कमिटी रहेका थिए । तर, तीमध्ये ५८ जना पदाधिकारीले एकिकृत समाजवादी रोजेका हुन् ।

शनिबार एक कार्यक्रममार्फत उनीहरुले एमाले परित्याग गरेको घोषणा गरेका छन् । एकिकृत समाजवादी रोज्नेमा प्रदेश सांसद पनि रहेका छन् ।

माधव नेपालको एकिकृत समाजवादी पार्टीमा प्रदेशसभा सांसदसहित नगरपालिकामा जितेका सबै वडाध्यक्षहरुले निर्वाचन आयोगमा पुगेर सनाखत गरिसकेका छन् ।