पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी
खबर एक्सप्रेस
२०७९-०७-३० ०७:०७ मा प्रकाशित
Total Shares: 297
काठमाडौं - पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० को पराजित गरेको हो ।
नेपालकाे जितमा ८३ औं मिनेटमा अञ्जन विष्टले निर्णायक गोल गरे। उनको यो ११औं अन्तर्राष्ट्रिय गोल हो । खेलमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् ।
विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकाएपछि झन्डै साँढे तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानले पनि केही आक्रमण बुनेपनि गोल भने गर्न सकेन । दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो ।
फेसबुक पेज Like गर्नुहोस