लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
खबर एक्सप्रेस
२०८१-०५-०४ ०५:२४ मा प्रकाशित
Total Shares: 126
काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्। गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले प्रदेशसभाबाट दुइ तिहाइ विश्वासको मत लिएका हुन्। उनको पक्षमा ७० मत र विपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरे। लुम्बिनीमा कुल ८७ सांसद छन् भने बहुमतका लागि ४४ सांसदको संख्या आवश्यक पर्छ। मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलको उपनेता थिए। आचार्य तीन दिनअघि मात्रै एमाले संसदीय दलको नेता चयन भएका हुन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस