काठमाडौं - काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी भएको छ। कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।

अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको प्रहरीले जनाएको छ । सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ।

प्रचण्ड नेपाल पक्षले बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेका थिए। संविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै हड्तालको घोषणा गरेको हो।

बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकाको चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएका छन्।