धादिङ - धादिङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

जिल्लाको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज बिहान ११ः१४ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।

भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ ।

यसअघि गत चैत २२ गते कास्कीको मिजुरे डाँडा केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसअघि मुगुको धैनकोट केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।