विश्वासको मत माग्दै मुख्यमन्त्रीले भने - विफल भए संविधानअनुसार अघि बढ्छौँ
काठमाडौं,कास्की - गण्डकी प्रदेशसभाका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले प्रदेशसभाको पूर्णकार्यकाल र संघीयताको सबलीकरणका लागि आफूलाई मत दिन आग्रह गरेका हुन् ।
उनले विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने चेतावनी पनि दिएका छन् । गुरुङले विश्वासको मत हासिल हुन नसके प्रदेशसभा विघटन हुन सक्ने संकेत गरेका हुन् ।
‘विश्वासको मत पाएमा सरकारको नीति तथा कार्यक्रम पेस गरी गण्डकी प्रदेशसभा बैठकमा बजेट पेस हुने नै छ, अन्यथा संवैधानिक व्यवस्थाअनुसार अघि बढ्नुपर्ने व्यहोरा अवगत गराउन चाहन्छु ।’ गुरुङले भने ।
आफूले विश्वासको मत पाए नीति तथा कार्यक्रम र बजेट पेश गर्ने अन्यथा संविधानको व्यवस्था अनुसार अगाडि बढ्ने उनले बताए ।
समाज रुपान्तरणका लागि बहुलताका बीच एकता कायम गर्नुपर्ने उनको भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस