काठमाडौं - एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई अझ बढी सुविधा दिने हेतुले उत्कृष्ट सेवा प्रदान गर्न 'एनआईसी एशिया सपोर्ट सेवा' सञ्चालनमा ल्याएको छ । 

यस सेवाको माध्यमबाट एनआईसी एशिया सपोर्ट पेजमार्फत् बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरू एकै स्थानमा एकीकृत गरी ग्राहकवर्गको सुविधाको लागि एकै स्थानबाट गुनासो सुनुवाइ गर्नुका साथै आवश्यक सूचनाहरू समेत प्राप्त गर्न सकिनेछ ।

यस सेवाको प्रयोगबाट सेवाग्राहीले बैंकको वेबसाइटमा लगइन गरी लाईभ च्याटमार्फत् सहभागिता जनाउन तथा फिडब्याक पेजमार्फत् सुझावसमेत राख्न एवं बैंकको सेवासम्बन्धी सूचना र नयाँ कार्यक्रमहरुबारे जानकारी पाउन सक्नेछन् ।