ट्रम्पले इरानी ऊर्जा केन्द्रमाथि सम्भावित आक्रमण १० दिनका लागि स्थगित गरे
काठमाडौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानी ऊर्जा केन्द्रहरूमा तत्काल हमला नगर्ने निर्णयलाई थप १० दिनका लागि निरन्तरता दिने घोषणा गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत एक सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले भने, 'इरानी सरकारको अनुरोधलाई स्वीकार गर्दै, म ऊर्जा केन्द्रहरू नष्ट गर्ने योजनालाई आगामी १० दिन अर्थात् अप्रिल ६, २०२६ (सोमबार) राति ८ बजेसम्मका लागि स्थगित गर्दछु।'
भ्रामक समाचारहरूको खण्डन गर्दै उनले अगाडि थपे, 'फेक न्युज मिडिया र अन्यले दाबी गरे जस्तो होइन, वार्ताहरू हाल जारी छन् र निकै सकारात्मक रूपमा अगाडि बढिरहेका छन्।'
यसअघि तोकिएको स्थगनको समय आज शुक्रबार समाप्त हुन लागेको छ। बिहीबार अमेरिकी सेयर बजार बन्द भएलगत्तै राष्ट्रपतिको यो महत्वपूर्ण घोषणा सार्वजनिक भएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस