काठमाडौँ - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्।

बिहीबार अपराह्न बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्। प्रदेश सभामा सम्बोधन गरेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन्।

प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री उनले राजीनामा दिएका हुन्।

गत असार ३१ गते नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि बिहीबार नै पूरा भएको छ।