प्रदेश २ का दुई मन्त्रीद्वारा राजीनामा
काठमाडौं, जनकपुरधाम - प्रदेश २ सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले सत्ता समीकरण मिलाउन राजीनामा दिएका हुन् ।
आन्तरिक सत्ता समीकरण मिलाउन र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका निम्ति मार्ग प्रशस्त गर्न मन्त्रीद्वयलाई राजीनामा दिन लगाइएको स्रोतले बताएको छ ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार दुबै मन्त्रीले शनिबार नै मुख्यमन्त्री लालबाबु राउत समक्ष राजीनामा पत्र बुझाइसकेको भएपनि अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
यता मुख्यमन्त्री राउतले शनिबार माओवादी केन्द्रलाई एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागि गराउन लागेको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस