कलंकीमा एक पुरुषको ढुङ्गाले हानेर हत्या, एक युवक पक्राउ
काठमाडौं - कलंकीमा एक पुरुषको हत्या भएको छ । आइतबार बिहान करिब ५५ वर्षीय चौधरी थरका पुरुषको हत्या भएको प्रहरीको भनाई छ ।
प्रहरीले हत्याको अभियोगमा सिन्धुलीको सुनकोसी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई पक्राउ गरेको छ । थापाले चौधरीको हत्या गरेको स्वीकार गरेको प्रहरीले दावी छ । सडकमा सुतिरहेका चौधरीलाई ढुङ्गा लागेर घाइते भएपछि सहिद अस्पताल भर्ना गरिएको थियो। चौधरीको टाउकामा चोट लागेको थियो। मृतको अन्य विषयमा भने सनाखत हुन सकेको छैन ।
महानगरीय प्रहरी परिसर काठमाडौँ, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्तको टोलीले अभियुक्तको खोजी गर्दा आइतबार बिहान १० बजे कलङ्कीको ढुङ्गेअड्डाबाट पक्राउ गरेको हो।
चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
फेसबुक पेज Like गर्नुहोस