आज पनि घट्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा बुधबार लगातार चौथो दिन पनि सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्यमा ४ सय रुपैयाँ प्रतितोलाका दरले घटेको हो ।
महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाल सुनको मुल्य ९६ हजार ८ सय रुपैयाँ प्रतितोला कायम गरिएको छ ।
मंगलबार उक्त मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको थियो । त्यस्तै सोमबार छापावाल सुनको मूल्य ९७ हजार ९ सय रुपैयाँ र आइतबार ९८ हजार ४ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो ।
महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य ९८ हजार ८ सय रुपैयाँ प्रतितोला रहेको थियो
चाँदीको मूल्य १० रुपैयाँले घट्यो
महासंघका अनुसार बुधबार चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले घटेको छ । मंगलबार स्थिर रहेर प्रतितोला १३ सय रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बुधबार प्रतितोला १३ सय १० रुपैयाँ कायम गरिएको छ ।
यसअघि गत आइतबार २५ रुपैयाँले गिरावट आएको चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ र सोमबार पनि २५ रुपैयाँले गिरावट आएर १३ सय २० रुपैयाँका दरले कारोबार भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस