भागरथी हत्या प्रकरण: सामूहिक बलात्कार पछि हत्या भएको विप्लब समूहको दावी
काठमाडौं - बैतडीका किशोरी भागरथी भट्टको हत्या प्रकरणमा थप आशंकाहरु उत्पन्न भएको छ ।
नेपाल प्रहरीको अनुसन्धान टोलीले फागुन ६ गते पत्रकार सम्मेलन गरि स्थानीय किशोर दिनेश भट्टले नजिकैको लवलेक जंगलमा हत्या गरेको बताएको थियो । त्यही अनुसार प्रहरीले फागुन ६ गते उनलाई सार्वजनिक गरेको थियो भने हत्यारा पत्ता नलागि शव नबुझ्ने अडानमा रहेका परिवारका सदस्यहरुले पनि प्रहरीले दिनेशलाई पक्राश गरेपछि भागरथीको शब बुझेर दाहसंस्कार गरिसकेका छन् ।
तर, त्यसको अर्काे दिन फागुन ७ गतेको मितिमा तर,विप्लव समूहको दोगडा केदार गाउँपालिका कमिटीका इञ्चार्ज आजादले जारी गरेको विज्ञप्तिमा भने भागरथीमाथि सामुहिक बलात्कारपछि हत्या गरिएको दावि गरेका छन् । आजादले भनेका छन् ‘ हाम्रो बुझाईमा निज दिनेश भट्ट मात्र नभई सामुहिक बलत्कार पछि हत्या भएको हाम्रो पार्टीको अनुसन्धान रहेको छ । त्यसकारण भट्टलाई गहिरो ढंगबाट थप अनुसन्धान गरी दोषीहरूलाई कानुनी कठघेरामा उभ्याउन समेत अनुरोध छ ।’
प्रहरीले नै दिेनेशलाई हत्यारा किटान गरि पक्राउ गरिसकेको र परिवारका सदस्यहरुले समेत त्यसलाई स्विकार गरिसकेको अवस्थामा विप्लव समुहले के आधारमा सामुहिक बलत्कार भएको दावि गर्यो ? यसले गर्दा भागरथी हत्याकाण्ड थप रहस्यमय देखिएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस