काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुमा देखिएका समस्या समाधानको उपाय खोजेर कार्य अगाडि बढाउन निर्देशन दिएका छन् ।

गौरवका आयोजनाका कामको गतिलाई तीव्रता दिने विषयमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।

उनले छलफलमा समस्या समाधानको उपाय खोजेर कार्य अगाडि बढाउन निर्देशन दिए । प्रधानमन्त्री ओलीले कहाँ कहाँ के के अवरोध हो ? तिनको समाधानको उपाय के के हो भन्ने पहिचान गरेर कुन-कुन निकायबाट निर्णय हुनुपर्ने हो तत्काल गर्न निर्देशन दिएका थिए।

छलफलमा प्रधानमन्त्री ओलीले प्रक्रियागत झमेला, अदातली मुद्दामामिला, ढिलासुस्ती, अस्पष्ट योजना, स्रोतको सुनिश्चितता नहुने, न्यून बजेटजस्ता समस्याको समाधन खोज्न आग्रह गरे।