सिन्धुपाल्चोकको पाँचपाेखरी गाउँपालिकामा पहिरोले पुरिएर दम्पतीको मृत्यु
खबर एक्सप्रेस
२०७७-०४-१९ ११:२७ मा प्रकाशित
Total Shares: 425
काठमाडौं - सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिराले पुरिएर एक दम्पतीको मृत्यु भएको छ ।
गएराति अविरल वर्षासँगै करिब २ बजेतिर गाउँपालिकाको वडा नं २ बरुवा भन्ने स्थानमा आएको पहिरोले पुरिएर दम्पतीको मृत्यु भएको हो । मृत्यु हुनेमा यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मी छिन् ।
उनका दुई छोरी र एक छोरा छन् । उनीहरु सबै घर बाहिर रहेको कारण सुरक्षित रहेको गाउँपालिका प्रशासनले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस