काठमाडौं - सरकारले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न पुनः निर्देशन दिएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई आइतबार निर्देशन दिइएको हो । लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनेको हो । 

मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिनेछ । यसअघि असार २२ गते पनि गृह मन्त्रालयले मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो।